चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, युरोपियन मुलकका नविनतम प्रविधिको अवलोकन गर्न पाइने

  २०७८ कार्तिक २८ गते १५:२८     विकासन्युज

काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग संघ तथा नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा पुस २ गतेदेखि ४ गतेसम्म औद्योगिक प्रदर्शनी हुने भएको हो ।

आयोजकका अनुसार मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा छैटौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विगत दुई वर्षदेखि रोकिएको प्रदर्शनी यस वर्ष भव्यताका साथ मनाउने आयोजकले जनाएको छ ।

चितवन उद्योग संघका उपाध्यक्ष तथा पर्दशनी व्यवस्थापन समितिका संयोजक सुर्य प्रसाद न्यौपानले स्वेदशमा औद्योगिक वातावरणको सिर्जना गर्न र उद्योगमा नयाँ–नयाँ प्रविधि भित्र्याउने उद्धेश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना हुन लागेको बताए ।

उनका अनुसार प्रदर्शनीमा आर्थिक कारोबार गर्न भन्दा पनि लघु, घरेलु तथा साना उद्योग तथा उद्यमीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।

यस्तै, चितवन उद्यँेग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवन देशकै मुख्य क्षेत्रमा भएकोले हरेक दृष्टिकोणले राम्रो क्षेत्र भएकोले चितवनमै औद्योगिक प्रदर्शनी गर्न लागिएको बताए ।

‘देशको मध्यभाग, पर्यटकीय वा अन्य दृष्टिकोणले पनि चितवन राम्रो क्षेत्र हो, त्यसैले पनि हामीले नेपाल उद्योग परिसंघको सहकार्यमा चितवनमै औद्योगिक प्रदर्शनी गर्ने योजना बनायौं, अघिल्ला वर्षहरुमा राष्ट्रिय स्तरको प्रदर्शनी मात्रै हुन्थ्यो, तर यो वर्ष अन्तर्राष्ट्रिय स्तरको गर्दैछौं, यसले समग्र देशको अर्थतन्त्रलाई र रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमीका खेल्नेछ,’ उनले भने ।

उनका अनुसार प्रदर्शनी स्थल पनि अन्तर्राष्ट्रिय स्तरकै हुनेछ । ६० हजार वर्गफिटमा रहेको एसी हलमा प्रदर्शनी हुने पनि उनले बताए ।
प्रदर्शनी स्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल २ सयभन्दा बढी स्टल रहने आयोजकले जानरकारी दिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ भने ३० वटा नेपाली लघु, घरेलु तथा साना उद्यमीलाई निःशुल्क स्टल राखिने विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार प्रदर्शनीमा विभिन्न देशका विभिन्न मेसनरी प्रविधिहरुको प्रदर्शनी गरिनेछ । नेपालमा नयाँ उद्योग खोल्न र नयाँ उद्यमी जन्माउनका लागि यो औद्योगिक प्रदर्शनीले महत्वपूर्ण भूमीमा खेल्ने उनले बताए ।

उनका अनुसार यो प्रदर्शनी मेला आयोजना गर्नको लागि नेपाल सरकार विभिन्न सहयोगीदाताहरुले पनि सहयोग गरेका छन् । नेपाल सरकारकै पनि यसमा १५ वटा स्टल रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.