ङादीले बोनसपछि हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

  २०७८ कार्तिक २८ गते १३:०१     विकासन्युज

काठमाडौं । ङादी ग्रुप पावरले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले काठमाडौंको नक्सालमा रहेको सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी दुई संस्थाबीच सम्झौता भइसकेको छ ।

गत असोज ३ गते बसेको कम्पनीको आठौं वार्षिक साधारणसभाले बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको हो ।

यससँगै इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस र १.५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल २१.५ प्रतिशत लाभांश वितरण गर्ने छ । त्यसपछि कायम हुने आउने चुक्ता पुँजीको १ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ पुग्ने छ । त्यसमा पनि २०० प्रतिशत हकप्रद सेयरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित समाचार

ङादी ग्रुपका सेयरधनीलाई बोनसपछि हकप्रद पनि, चुक्ता पुँजी २ अर्ब नाघ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.