एफएनसीसीआईका उपाध्यक्ष श्रेष्ठ बने धितोपत्र बोर्डको संचालक

  २०७८ कार्तिक २६ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अन्जन श्रेष्ठ पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन् ।

यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि ढकालले उक्त पदमा राजिनामा दिएका थिए ।

ढकालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा महासंघले श्रेष्ठालाई पठाएको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले कार्त्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् । सो दिनको बोर्डको सञ्चालक समितिको बैठकमा सहाभागी जनाउँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.