अब मिदासबाट सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने

  २०७८ कार्तिक २५ गते ११:१४     विकासन्युज

काठमाडौं । मिदास टेक्नोलोजी र सिभिल सर्भिस अस्पतालबीच अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतासँगैं मिदास टेक्नोलोजीको मोबाइल एप्लिकेसनमार्फत सर्भिस अस्पतालसँग दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि अनलाइन अपोइन्टमेन्ट लिन सकिने छ ।

बानेश्वरमा रहेको सिभिल अस्पतलसँग गरिएको यस सम्झौताले अस्पतालको ओपीडी सेवालाई सहज बनाउनुको साथै अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने मिदासले जनाएको छ ।

मिदास टेक्नोलोजीले विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्दै आएको छ । यस  कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ ।

मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि कम्पनीले २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेली कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ ।

यति मात्र नभई कम्पनीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीलाई दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा निः शुल्क परामर्श सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.