न्यून पारिश्रमिक लिने कलाकारलाई सरकारले सहयाेग गर्ने

  २०७८ कार्तिक २४ गते १७:३८     विकासन्युज

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् ।

बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । यस्तै उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने पनि बताए ।

‘यो कार्यक्रम सफल बनाउनको लागि मेरो र सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, टिकटकलाई समाजले पोजेटिभ रुपले हेरोस्, नकारात्मक कुरा मात्रै होइन, सन्देशमुलक पनि होस्,पोजेछिटभ पनि होस्,सँगै विकृतिका कुरालाई उजागर गरोस्, म कलाकार श्रमीकहरुको सामाजिक सुरक्षा कोषमा पनि सहयोग गर्न तयार छु, के गर्नुपर्छ सहयोग हुन्छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.