११ लघुवित्तले बोलाए वार्षिक साधारणसभा, ४ वटाको सकियो, बाँकीको कहिले ?

  २०७८ कार्तिक २४ गते १६:१७     विकासन्युज

काठमाडौं । हालसम्म विभिन्न ११ वटा लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाको लागि मिति तय गरिसकेका हुन् ।

जसमध्ये ४ वटाले सम्पन्न गरिसकेका छन् भने बाँकी ७ वटाले साधारणसभाको मिति तय गरिसकेका छन् । सभा सम्पन्न गरेका संस्थाहरुमा गुराँस, अभियान, साधना र डिप्प्रोक्स लघुवित्त रहेका छन् ।

त्यस्तै, आशा, सिभिल, स्वरोजगार, एनआईसी एशिया, लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्सले आआफ्नो वार्षिक साधारणसभा आव्हान गरेका छन् ।

जसमध्ये तीन वटा लघुवित्तले यहि महिना भित्रै सभा सक्ने तयारी गरेका छन् । आशा लघुवित्तले लगत्तै कार्त्तिक २७ गते बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक १२ गते बुक क्लोज गरिसकेका छन् । संस्थाको सभाले सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त सभाले पारित गरेसँगै कार्त्तिक ११ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

त्यस्तै, स्वरोजगार लघुवित्तले पनि आगामी कार्त्तिक २७ गते नै सभा आव्हान गरेको छ । सभाले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्दै छ । उक्त सभामा जानको लागि संस्थाले कार्त्तिक १२ गते नै बुक क्लोज गरिसकेको छ ।
त्यसैगरी, सिभिलले पनि आगामी कार्त्तिक २८ गते सभा डाकेको छ । कार्त्तिक १४ गते बुक क्लोज गरेको संस्थाले सभामा २० प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ ।

एनआईसी एशिया, लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्सले आगामी मंसिरमा सभा गर्ने भएका छन् । जसमध्ये सबैभन्दा पहिला एनआईसी एशिया लघुवित्तले डाकेको छ । कार्त्तिक २३ गते बुक क्लोज गरेको संस्थाले मंसिर ५ गते साधारणसभा गर्न लागेको हो । सभाले सेयरधनीलाई ५.४१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

यससँगै अब यी ४ वटा संस्थाको सेयर किन्ने लगानीकर्ताले गत आर्थिक वर्षको लाभांश पाउँदैनन् ।

तीन लघुवित्तको बुक क्लोज नै हुन बाँकी

सभामा जान मिति तय गरेकामध्ये ३ वटा लघुवित्त(लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्स) हरुको बुक क्लोज हुन नै बाँकी छ । जसमध्ये लक्ष्मी र आरएसडीसीले कार्त्तिक ३० गते बुक क्लोज गर्दै छन् भने फर्ष्ट माइक्रोफाइनान्सले मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यससँगै यी तीन वटै लघुवित्तको सेयर किन्नले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पाउने छन् । तर, उक्त लाभांशको लागि इच्छुकले बुक क्लोज हुनुभन्दा अघि नै सम्बन्धित संस्थाको सेयर खरिद गर्नुपर्ने हुन्छ ।

एकैदिन बुक क्लोज गर्न लागेका लक्ष्मी र आरएसडीसी लघुवित्तले सभा पनि एकैदिन गर्न लागेका छन् । उनीहरुले आगामी मंसिर १० गते आ आफ्नो वार्षिक साधारण सभा गर्न मिति तय गरेका छन् ।

लक्ष्मी लघुवित्तको सभाले सेयरधनीलाई कूल २७.३७ प्रतिशत लाभांश र आरएसडीसी लघुवित्तको सभाले कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, फर्ष्ट माइक्रोफाइनान्सले पनि आगामी मंसिर १६ गते सभा बोलाएको छ । संस्थाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभामा लैजाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.