तस्वीरमा बैंकर्स संघको साधारणसभाको रमझम (फोटोफिचर)

  २०७८ कार्तिक २३ गते २१:२९     विकासन्युज

काठमाडाैं । नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । साधारणसभाबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निविरोध चयन भएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन रुपमा सबल हुन आग्रह गर ।

उनले बैंकहरुले अल्पकालिन नाफा भन्दा पनि दीर्घकालिन रुपमा सबल हुन सिक्नु पर्ने धारणा राखेका हुन् ।

यस्तै, उनले अहिले बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी गर्न मुस्किल नै भएपनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताए । ‘अहिले पनि कर्जाको माग उच्च छ, हामीसँग लगानीयोग्य रकमको अभाव हुँदै गएको छ, राष्ट्र बैंक्ले पनि नीतिमा केही संशोधन गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.