१९ करोड अपचलनको अभियोगमा कुमारी बैंकका कर्जा अधिकृत पक्राउ

  २०७८ कार्तिक २३ गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी)ले बैंकका कर्जा अधिकृत ठाकुरलाई पक्राउ गरेको हो ।

कर्जा अधिकृत ठाकुरसहितको मिलाेमतोमा गायक योगेश्वर अमात्यकाे बारा जिल्लाको १२ बिघा जग्गाको नक्कली लालपुर्जा बनाइ कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको सिआइबी स्रोतले जानकारी दिएकाे छ ।

आफ्नो नामको जग्गाको नक्कली लालपुर्जा बनाई बैंकबाट कर्जा प्रवाह भएको थाहा पाएपछि गायक अमात्यले सिआइबीमा जाहेरी दिएका थिए ।

अमात्यको जाहेरीपछि प्रहरीले कर्जा अधिकृत ठाकुरसँगैं धितो मुल्यांकन कर्ता राजेश चौरसीया लगायतालाई पक्राउ गरेको र थप विवरण खुल्न बाँकी रहेको  सिआइबीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.