प्रभु बैंकले बढायो लाभांश, बोनस र नगद कति ?

  २०७८ कार्तिक २३ गते १७:४३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.