नेप्से घट्दा कारोबार बढ्यो, तीन कम्पनीमा लाग्यो सकारात्मक सर्किट

  २०७८ कार्तिक २३ गते १५:३५     विकासन्युज

काठमाडौं । मंगलबारको बजार कारोबार शुरु भएदेखि न ओरालो लागेको थियो । कारोबार खुलेदेखि नै आरोलोको यात्रा तय गरेको बजार अन्त्यसम्म निरन्तर रुपमा घट्यो ।

सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८२ प्रतिशत अर्थात ७९.७९ बिन्दुले घटेर २७४९.८६ बिन्दुमा झरेको छ ।

बजारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ अर्ब १० करोड रुपैयाँले बढी हो ।

बजारमा २२५ वटा स्क्रिप्टहरुको कारोबार भएको थियो । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २९ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार बढेको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता १५७९ रुपैयाँमा झरेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा साहस उर्जा रहेको छ । कम्पनीको २५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ ।

उच्च अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था, साहस उर्जा र तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशतले नै बढेको छ । मूल्य बढेसँगै, मानुषीको प्रतिकित्ता ८४४.३० रुपैयाँ, साहसको ७१७.७० रुपैयाँ र तेह्रथुमको प्रतिकित्ता ३६३.२० रुपैयाँ पुगेको छ ।

मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह घटेको छ ।

दुई संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार बढेर सकारात्मक सर्किट लागेको यी दुई संस्थाको सेयरमा आज नकारात्मक सर्किट लागेको छ । यससँगै आईसीएफसी फाइनान्सको सेयर मूल्य १०६.३० रुपैयाँले घटेर ९५६.७० रुपैयाँ र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ८८ रुपैयाँले घटेर प्रतिकित्ता ७९३ रुपैयाँमा झरेको छ ।

६१ अंकले घट्यो नेप्से, आईसीएफसी र महालक्ष्मीको सेयरमा लाग्यो नकारात्मक सर्किट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.