प्राइम लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

  २०७८ कार्तिक २३ गते १२:१२     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको चौधौं वार्षिक साधारणसभा आगामी मंसिर १९ गते हुँदै छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र एक करोड ९० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.