हिरो एक्सप्लसकाे काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु

  २०७८ कार्तिक २३ गते १२:०२     विकासन्युज

काठमाडाैं । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ।

हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ ।

सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटर यात्रा गर्ने छन् ।

नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा फ्ल्याग अफ गरेर यात्राको औपचारिक सुरुवात गरेका हुन् । उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतकर्ता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे ।

यस्तै कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रतिनिधिले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.