नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम

  २०७८ कार्तिक २१ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालगंजमा नयाँ सोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए ।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको जनाएकाे छ । जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्ने जानकारी दिएकाे छ ।

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । कम्पनीकाे अनुसार यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका वावजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.