रौतहटमा धानबाली नष्ट

  २०७८ कार्तिक १८ गते १३:५६     विकासन्युज

काठमाडाैं । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो ।

काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ ।

त्यस्तै १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीको कारण उत्पादन लिन नसकिने गरी क्षति भएको छ । केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रुपमा नोक्सान भएको छ ।

जिल्लामा यसपाली ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा धान खेती गरिएकोमा कुल ८ दशमलव १८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक छ । पीडित किसानहरुले आफुहरुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएकोमा दुखेसो गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । सरकारले किसानको समस्यालाई समाधान गरे जिविकोपार्जनमा सहज हुने उनीहरुको भनाई छ ।

केहीदिन अघिदेखिको अविरल वर्षाका कारण नेपालको तराई तथा पहाडी भु–भागमा भित्राउन तयारी अवस्थामा रहेका धानबाली नष्ट भएका छन् । सरकारले किसानलाई राहत दिने घोषणा गरेको भएपनि हालसम्म किसानले कुनैपनि राहत नपाएको किसानहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.