बजारमा तिहारको रौनकः भाइ मसलादेखि सुन पसलसम्म भीड (फोटोफिचर)

  २०७८ कार्तिक १८ गते ११:३२     नकूल भारती

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । देशका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भीड लागेको हो ।
विशेष गरी काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड देखिन्छ ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्वको रौनकलता छाएको छ । बजारमा सुन, भाइ मसला, फूल लगायतका सामान किन्ने सर्वसाधारणको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.