अबको ५ महिनामा गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन्छः महानिर्देशक क्षेत्री

  २०७८ कार्तिक १७ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् ।

महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन । उनले अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको उनको भनाई छ । उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए ।

क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको जानकारी दिए । सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताए ।
महानिर्देशक क्षेत्रीले युरोपियन युनियन ९इयू०ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट ९कालोसूची०मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताए।

उनले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन योग्य बनाउने बताए। महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क २ हजारबाट १ हजार २ सयमा झारेको बताए ।

‘पोखरा इन्टरनेशनल एयरपोर्टको स्टाटस सिभिल एब्रेशनको पार्टबाट फिजिकल एन्फास्ट्रक्चर डेभलपमेण्टमा झन्डै ८० प्रतिशत भन्दा धेरै सकिसकेका छौँ, फाइनान्सियल ७० प्रतिशत बढी काम सकिसकेको छ, २० प्रतिशत अरुकामहरु जति नै ढिलो गरेपनि ६ महिनामा सकिन्छ, एउटा रिट्ठेपानी डाँडा, ल्याण्डफिल्ड साइटको कामले अड्काएको छ, एक वर्षमा सञ्चालनमा आउँछ।’ उनले भने, ‘मेरो कार्यकालमा भैरहवा विमानस्थललाई सञ्चालन योग्य बनाउँछु, पोखरालाई एउटा ट्रयाकमा ल्याउँछु, इयूले ब्ल्याक लिस्टमा राखेको थियो अब हट्नेछौँ, त्यही अनुसार काम गरिरहेका छौँ।’

महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरेपनि काम नरोकिएको बताउनुभयो । केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुचारु भइसकेको छ केही ढिला मात्रै भएको हो ।

पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने बताए । उनले निजगढ विमानस्थलको काम पनि शुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने रु कुन मोडलमा गर्ने रु भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताए ।

महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भएपनि यो सम्भव नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.