साढे ४ सयसम्म बढ्यो हवाई भाडा, कुन ठाउँ जान कति ?

  २०७८ कार्तिक १७ गते १५:१४     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले तिहारमै हवाई भाडा बढाएका छन् ।
वायुसेवा सञ्चालक संघले आयाल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै ४४० रुपैयाँसम्म भाडा बढाएका छन् ।

कम्पनीहरूले काठमाडौं–धनगढी रुटमा सवैभन्दा बढी ४४० रुपैयाँ वृद्धि गरेका छन् भने सवैभन्दा कम काठमाडौं–सिमारा रुटमा ९५ रुपैयाँ वृद्धि गरेका हुन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँले भाडा बढेको छ । यस्तैगरी, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ वृद्धि गरिइएको छ ।
नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ वृद्धि गरिएको छ ।

यस्तै, पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ ।

बढेको शूल्कलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.