यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स नेपालमा, तीन लाख ८० हजार पर्ने

  २०७८ कार्तिक १५ गते १८:५१     विकासन्युज

काठमाडाैं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल आजबाट आधिकारीक रुपमा नेपालमा ल्याएको छ ।

वि.सं. २०६५ मा एमएडब्लु प्रालीले यामाहाको एफ जेड-१६ पहिलो पल्ट ‘लर्ड अफ द स्ट्रीट’ नाराको साथ पहिलाेपल्ट नेपाली बजारमा ल्याएको थियाे ।

सन् २०१७ रोडीजको दोस्रो सिजनबाट ‘रोडीज शो’ सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको छ । यामाहाले नेपाली युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन रोडीजको हरेक सिजनमा अडिसन लिने गरेको छ ।

र यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेर लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफ जेड एस भि थ्री एक्स कनेक्ट डिजाइन गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

नेपाली बजार यसकाे मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ र यसमा सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने “यामाहा मोटरसाइकल कनेक्ट एक्स”निशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिनेछ ।

१। ब्लुटुथको सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्नु थाल्नेछ र हर्न बज्नु थाल्नेछ जसले गर्दा चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउन सक्नेछन् ।

२। यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ-लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईंले इ-लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईंको मोटरसाइकलको चाबीले मात्र बाइक चालु गर्न स्कदैन । उसलाई तपाईंकाे इ-लक प्याट्रन पनि थाहा हुनुपर्दछ ।

३।  त्यसैगरी ‘राइडिङ्ग हिस्ट्र’ यसको अर्काे ब्लुटुथ सुविधा हो । “राइडिङ्ग हिस्ट्री”द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

४। ‘पार्किङ रेकर्ड’ यसकाे अर्काे सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ ।

५। यसको अर्काे सुविधा रहेको छ ‘हजार्ड’ । ‘हजार्ड’ सुविधाले चालकलाई सडकको साम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.