कोभिडपछि विदेशीने विद्यार्थीको संख्यामा ३६ प्रतिशतले वृद्धि, ५५ प्रतिशतको रोजाई अमेरिका

  २०७८ कार्तिक १५ गते १३:२१     विकासन्युज

काठमाडौं । विश्वभरका सीमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ । प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका अनुसार सन् २०२० यता ३६प्रतिशतले विद्यार्थी भर्ना वृद्धि भएको छ ।

अष्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ भने अमेरिका, बेलायत र युरोप पनि यस सूचीमा सामिल रहेका छन् ।
अग्रणी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराका अनुसार ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाका आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिए । त्यसैगरि ४५ प्रतिशत विद्यार्थीहरु बेलायतका विश्वविद्यालयहरूमा भर्ना भए र १० प्रतिशत विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका छन् । यी विद्यार्थीमध्ये अधिकांश नेपालका बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रका रहेका छन् ।

नर्सिङ, जनस्वास्थ्य, बिजिनेश एड्मिनिस्ट्रेसन, इन्जिनियरिङ व्यवस्थापन, लेखा, सूचना प्रविधि, डाटा विज्ञान, प्रारम्भिक बाल्यकाल शिक्षा, शहरी योजना र इन्जिनियरिङ लगायतका अध्ययन कार्यक्रमहरू नेपाली विद्यार्थीहरूको रोजाईमा पर्ने गरेको छ ।

विदेशमा गएर अध्ययन गर्नु नेपालका धेरै विद्यार्थीहरूका लागि आकांक्षा हो जसले अन्तर्राष्ट्रिय जीवनशैलीको अनुभव गर्न मन पराउँछन्, आफ्नो पाठ्यक्रम पूरा गरेपछि रोजगारीको लागि विशाल अवसरहरू खोज्दछन् र जो विदेशमा बस्न इच्छुक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.