हवाई इन्धनको मूल्य बढाएको प्रति वायुसेवा सञ्चालक संघको विरोध

  २०७८ कार्तिक १४ गते १९:१४     विकासन्युज

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धन बढाएको प्रति विरोध जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाउने नेपाल आयल निगमको निर्णय प्रति संघले विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ ।

छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै संघले निर्णय सच्याउन पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.