एभरेष्ट बैंकले घोषणा गर्यो १०.३२ प्रतिशत लाभांश, बोनस कति ?

  २०७८ कार्तिक १२ गते १२:२६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १०.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कार्त्तिक १२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्ने छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा बोनसदरलाई बढाएको देखिन्छ भने नगदलाई घटाएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत ९५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.