एनआईसी एशियाको स्वतन्त्र संचालकमा स्वार नियुक्त, बैंकिङ्ग क्षेत्रमा ३० वर्ष बढी अनुभव

  २०७८ कार्तिक ११ गते ११:२२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्त्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् । यससँगै नवनियुक्त सञ्चालक स्वारले नियुक्त भएको दिनदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन् ।

स्वारले नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्षभन्दा बढि अवधीको कार्यअनुभव संगालेकी छिन् । फलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा शुरु गरेकी हुन् । उनले सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश पाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.