गणपति लघुवित्तको लाभांश घोषणा, गत दुई वर्षयताकै उच्च

  २०७८ कार्तिक ११ गते ११:०२     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुत्तला पुँजी १५ करोड १४ लाख रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित २० प्रतिशत लाभांश गत दुई वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५.७९ र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कूल ७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.