माछापुच्छ्रे कृति क्यापिटलको लाभांश पारित, सञ्चालकमा दिपप्रकाश पाण्डे निर्वाचित

  २०७८ कार्तिक १० गते १७:३१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलको प्रस्तावित १३.४ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तिक १० गते सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ६.४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

त्यस्तै, सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दिपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

यसैगरी, सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आ.ब. २०७७र७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु, आ.व. २०७८र७९ का लागि लेखापरिक्षकको नियुक्ती गरेको छ । यससँगै संस्थाको पुँजी बृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनहरुको प्रस्तावहरु पनि पारित गरेको छ ।

हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको छ । र, कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, भेन्चर फण्ड, प्राइभेट इक्वीटी लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको बताएको छ । साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने पनि कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.