नबिल बैंककाे चेक बाउन्स गर्ने खातुन पक्राउ, साढे ७३ लाख जरिवाना तिर्नुपर्ने

  २०७८ कार्तिक १० गते १७:०७     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने वसुन्धराकी अप्सरा खातुन पक्राउ परेकी छिन् । नबिल बैंककाे पैसा नभएकाे चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले चुत्रीखेलबाट पक्राउ गरेको हो ।

३५ वर्ष खातुनले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७/०८/१६ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।

उनलाई अदालतले साढे ७३ लाख जरिवाना र ७ दिनको जेल सजाए सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.