लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

  २०७८ कार्तिक १० गते १६:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा (एजीएम) आगामी मंसिर ५ गते हुने भएको छ । कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो दिन सुनसरीको धरान व्याकेट एण्ड इभेन्ट म्यानेजमेन्टमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

साथै, सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना गरी कूल ६ जना सञ्चालकहरु निर्वाचन गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी कार्त्तिक २३ गतेदेखि मंसिर ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै कार्त्तिक २२ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

सम्बन्धित समाचार

एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.