निक्षेपकर्ताकाे एक करोड ८० लाख खल्तीमा हाल्ने बैंक शाखा प्रमुख पक्राउ

  २०७८ कार्तिक ९ गते १७:४८     विकासन्युज

काठमाडाैं । बैंकिङ क्षेत्रमा वित्तीय अपराध बढ्दै गएकाे छ ।  सिन्धु विकास बैंककाे एक शाखा प्रमुखले  निक्षेपकर्ताकाे १ कराेड ८० लाख रूपैयाँ निजी खल्तीमा हालेकाे पाइएकाे छ ।

सिन्धु विकास बैंककाे काभ्रे दाेलालघाट शाखा प्रमुख सुमन खरेललाई बैंकिङ्ग कसुरकाे आराेपमा केन्द्रिय अनुसन्धान व्युराेले पक्राउ गरेकाे छ । ३१ वर्षिय खरेल काभ्रे जिल्लाकाे भुल्लु गाउँपालिका वडा नम्बर ९ निवासी हुन् ।

खरेलले बैंककाे दैनिक काराेबारकाे रकम सिन्धुपाल्चाेककाे बाह्रबिसेमा रहेकाे एनसिसि बैंकमा बचत गर्नु पर्नेमा आफ्नै खल्तीमा हालेकाे प्रहरी अनुसन्धानबाट भेटिएकाे छ ।

साेमबार पक्राउ परेका उनलाई पाटन उच्च अदालतबाट ७ दिनकाे म्याद थप गरी बैंकिङ्ग कसुर तथा सजाय ऐन बमाेजिम कारवाही भइरहेकाे केन्द्रिय अनुसन्धान व्युराेले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.