केएनपिको ब्यूटी गोल्ड वासेवल पेन्ट बजारमा, भित्ताकाे दाग सजिलै सफा गर्न सकिने

  २०७८ कार्तिक ९ गते १६:०९     विकासन्युज

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले असोज १५ गतेदेखि नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपि ब्यूटी गोल्ड वासेवललाई ग्राहकवर्गहरु माझ ल्याएको छ ।

विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरुलाई सफा गर्न सकिने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार यस एन्टि ब्याकटेरीयल केएनपि ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्नेछन् । पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागहरु समेत हटाउने क्षमता राखी भित्तालाई वर्षौंसम्म नयाँ जस्तै राख्न मद्दत गर्ने कम्पनी दावी गर्दछ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी (हानिकारक केमिकल) रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.