२.९५ प्रतिशतले बढ्यो नेप्से, एक महिनायताकै उच्च कारोबार

  २०७८ कार्तिक ९ गते १५:४३     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार २.९५ प्रतिशतले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८२ अंकले उकालो लागेर २७५१.०७ बिन्दुमा पुगेको हो ।

बजारमा परिसूचसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबारको बजारमा कूल ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत एक महिनायताकै उच्च हो । गत असोज ११ गतेयता सो मात्राको सेयर कारोबार भएको थिएन ।

सो दिन २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये कामना सेवा विकास बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ७१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ९ रुपैयाँले बढी हो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः नबिल र एनआईसी एशिया बैंक रहेका छन् । जसमध्ये नबिलको ३४ करोड ७८ लाख र एनआईसी एशियाको २४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता १५६९ र ८३७ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा नबिलको ७२ र एनआईसी एशियाको सेयर मूल्य १ रुपैयाँले बढी हो ।

त्यस्तै, उच्च अंकले बढेको बजारमा १८ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । जसमध्ये अधिकांश हाइड्रो समूहका कम्पनीहरु रहेका छन् ।

मंगलबार १२ वटा स्क्रिप्टमा झिनो गिरावट देखिएको छ । जसमध्ये साना किसान विकास बैंकको सेयर मूल्य २ प्रतिशत अर्थात ३५ रुपैयाँले घटेको छ ।

मंगलबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । त्यसमा पनि जीवन बीमा समूह ४९९.९८ अंकले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.