काठमाडौंमा आजबाट एस्ट्राजेनिका खोप दिन सुरु, तीन दिनसम्म लगाइने

  २०७८ कार्तिक ९ गते १३:३३     विकासन्युज

काठमाडाैं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ ।

साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई कोभिसिल्ड लगाउन थालिएको हो । एस्ट्राजेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको खोप हुन् । उनका अनुसार काठमाडौं जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो ।

काठमाडौं महानगरपालिकाको वडा बाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइने छ । करिब ८६ हजार १४२ जनालाई यसचरणमा खोप प्रदान गर्न थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.