घट्यो विद्युतको महसुल, अब २० युनिटसम्मको शुल्क नलाग्ने

  २०७८ कार्तिक ९ गते १२:४६     विकासन्युज

काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । सोमबार साँझ बसेको विद्युत नियमन आयोगको बैठकले मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय गरेको हो ।

आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिटथप गर्दै २० युनिट पुर्याइएको हो ।

उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले सो कुराको पुष्टि गरेकी हुन् । उनले सरकारले विद्युतको खपतमा वृद्धि गर्न विभिन्न सहुलियत दिएको समेत जानकारी दिईन ।

उनका अनुसार यसअघि प्रतियुनिट १२ रुपैयाँ रहेको शुल्कमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ ।

कात्तिक ३ गते नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक घरायसी (ग्राहस्थ ) ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक–फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगलाई प्रस्ताव गरेको थियो । प्राधिकरणले आयोगमा गरेको प्रस्तावका आधारमा सोमबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो ।

१० युनिटसम्म विद्युत् उपयोग गर्ने घरायसी वर्गका ५ एम्पियरमार्फत लाइन लिने उपभोक्तालाई न्यूनतम शुल्क निः शुल्क रहेकोमा प्राधिकरणले २० युनिटसम्मका लागि निःशुल्क दिने प्रस्ताव गरेको थियो । यस्तै यस्ता ग्राहकले ऊर्जा शुल्क वापत प्रतियुनिट ३ रुपैयाँ शुल्क तिर्नुपर्नेहुन्छ ।

आयोगको सो निर्णयबाट २२ लाखबढी ग्राहक लाभान्वित हुने प्राधिकरणले जनाएको छ । यस्तै सो निर्णयबाट भने प्राधिकरणकाे ७५ करोड रुपैयाँ बराबर नोक्सानी हुने अनुमान गरिएको छ ।

सरकारले घटाएको सो शुल्क आगामी मंसिर १ गतेबाट लागु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.