मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

  २०७८ कार्तिक ९ गते १२:१३     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० तोकिएको छ । सुन सोमबार प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.