लण्डनको वेलिङमा खुल्याे कँडेल ग्रुपकाे ‘निम ट्रि फार्मेसी’

  २०७८ कार्तिक ९ गते १२:०३     विकासन्युज

लण्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो ।

एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गरेका हुन् ।

कँडेल ग्रुपका सिइओ राजन कँडेलकाे अनुसार बेलायतमा याे उनीहरुकाे चाैथाे फार्मेसी हाे ।’ बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफल भएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यहाँस्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ,’ उनले भने ।

उक्त क्षेत्रमा ब्रिटिस, आइरिस र नेपाली समुदाय ठुलो संख्यामा रहेका र आफुहरु नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन तयार रहेकाे पनि उनले बताए । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु नपर्ने उनले बताए ।

यस फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिशिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशन जस्ता सुविधाहरु उपलब्ध हुने कँडेलले जानकारी दिए । हप्ताको ६ दिन खुल्ने यस फार्मेसी आइतबार भने बन्द रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.