नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकमा क्षेत्री नियुक्त

  २०७८ कार्तिक ९ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको महानिर्देशकको रुपमा क्षेत्रिलाई नियुक्त गरेको हो ।

प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलले गत असोज ८ गते अनिवार्य अवकाश पाएसँगै क्षेत्री निमित्त महानिर्देशकको रुपमा कार्यरत रहेका थिए ।

आगामी पुस २५ गते अनिवार्य अवकाश पाउन लागेका क्षेत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमवहादुर आलेको प्रस्तावमा नियुक्त गरिएको हो ।

क्षेत्री यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख समेत रहेका थिए । महानिर्देशक भएसँगै क्षेत्रीलाई आफ्ना प्रतिस्पर्धीहरुलाई व्यवस्थापन गर्नेदेखि लामो समयदेखि काम सम्पन्न हुन नसकेका दुई ठुला विमानस्थल सञ्चालनको चुनौती थपिएको छ ।

यस्तै क्षेत्रीलाई युरोपेली युनियन (ईयु) ले लामो समयदेखि नेपाली आकाशलाई राखेको कालोसूची हटाउनुपर्ने चुनौतीमुख्य रुपमा रहेको छ । प्राधिकरण टुक्राउने विषयमा कर्मचारीहरु रुष्ट बनिरहेको बेला त्यसलाई व्यवस्थापन गरी दुई वटा निकाय बनाउने जिम्मेवारी समेत उनलाई रहेको छ ।

प्राधिकरणको महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदमा रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार क्षेत्रीले आगामी पुस २५ गते १२ औं तहमा पुगेको ६ वर्ष अवधि पूरा भएका कारण स्वतः अवकाश पाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.