लुम्बिनी विकास बैंकले घोषणा गर्यो गत वर्षको लाभांश

  २०७८ कार्तिक ९ गते ११:०९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.७१२ प्रतिशत नगद (करसहित) गरी कूल १३.७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ३ अर्ब नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.