नेपाल एसबिआई बैंककाे अध्यक्षमा राजिव अराेरा, लिए शपथ

  २०७८ कार्तिक ८ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा नियुक्त भएका छन् । बैंकको कार्त्तिक ७ गते आइतबार बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका अरोरालाई संचालक समितको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका नवनियुक्त अध्यक्ष अरोरालाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रहेका छन् । उनले एसबिआई समूहको रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गर्भनर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई. भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैंकका संचालकहरुको उपस्थिती थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.