दुई महिनामा विदेश घुम्दा नेपालीले सके १० अर्ब २८ करोड, पर्यटकले ल्याए पौने ३ अर्ब

  २०७८ कार्तिक ८ गते १८:०६     विकासन्युज

काठमाडौं । घुम्न आउने पर्यटकले नेपाल ल्याउने भन्दा नेपालीले विदेश जान लाने रकम बढ्दै गएको छ । कोभिड त्रास कम भएसँगै गत साउन र भदौ महिनामा नेपालीले सबा १० अर्ब रुपैयाँभन्दा बढी रकम वैधानिक माध्यमबाट विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार साउन र भदौ महिनामा विदेश घुम्न नेपालीले १० अर्ब २८ करोड रुपैयाँ लगेका छन् । यस्तै, विदेशबाट नेपाल घुम्न आएका पर्यटकले भने जम्मा २ अर्ब ७१ करोड रुपैयाँ मात्रै ल्याएका छन् ।

नेपालमा आउने पर्यटकले नेपाल ल्याएको रकमभन्दा विदेश जाने नेपालीले लाने रकम बढी भएपछि नेपालको सेवा आय घाटामा पुगेको छ । राष्ट्र बैंकका अनुसार गत साउन र भदौ महिनामा खुद सेवा आय १७ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत सो दुई महिनाको अवधिमा भ्रमण आय १७७.२ प्रतिशतले वृद्धि भई २ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९७ करोड ६९ लाख रुपैयाँ थियो ।

सेवा खाता अन्तर्गत भ्रमण व्यय २४७.५ प्रतिशतले वृद्धि भई १० अर्ब २८ करोड पुगेको छ । भ्रमण व्यय भनेको नेपालीले विदेश घुम्न वा अध्ययनको लागि लगेको रकम हो । यसमध्ये शिक्षातर्पmको व्यय ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २ अर्ब ५१ करोड रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.