बैंक अफ काठमाण्डुका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सकाे सेवा प्रयाेग गर्न पाउने

  २०७८ कार्तिक ८ गते १३:४५     विकासन्युज

काठमाडाैं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स्ले आ–आफ्नाे संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौतासँगैं अब बैंक अफ काठमाण्डाैंसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सकाे फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.