हाेण्डा फेस्टिभ बोनान्जा: बुटवलका संजयले जिते साढे ३ लाख

  २०७८ कार्तिक ८ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता घोषणा भएको छ । कम्पनीले लक्की ड्र मार्फत विजेताको घोषण गरेको हो ।

बुटवलको ड्राइभवे व्हिलस्बाट डब्लुआरभि एसभिएमटी खरिद गरी संजय नेपाल याेजनाकाे पहिलाे विजेता बनेका छन् । उनले लक्की ड्र मार्फत साढे ३ लाख नगद उपहार प्राप्त गरेका छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसका साथै यस याेजनामा हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यासब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.