नेपाल बैंककाे एटिएम काठमाडाैं मलमा

  २०७८ कार्तिक ८ गते ११:५०     विकासन्युज

काठमाडाैं ।  नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन, काठमाडाैं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त एटिएम सेवा संचालनमा ल्याएकाे हाे ।

साे कार्यक्रममा काठमाडौं बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीती रहेकाे थियाे ।

वि.सं.१९९४ सालमा स्थापित नेपाल बैंकले १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा पुर्याईरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.