बैंक अफ काठमाण्डूका ग्राहकलाई केजिएच होटल तथा रिसोर्टमा छुट

  २०७८ कार्तिक ८ गते ११:३१     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडाैं गेष्ट हाउस(केजिएच)काे सेवामा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडाैं गेष्ट हाउसकाे सेवामा छुट पाउने भएका हुन् । सम्झाैता अन्तर्गत संग्रहालयको प्रवेश शुल्कमा बैंकका ग्राहकले ५० प्रतिशत र अन्य सेवा तथा सुविधाहरुमा १५ प्रतिशत छुट पाउनेछन् ।

काठमाडाैं गेस्ट हाउस समुह अन्तर्गत ठमेलमा काठमाडाैं गेस्ट हाउस, हात्तिसारमा माया मानोर बुटिक होटल, बुढानिलकण्ठमा पार्क भिलेज रिसोर्ट, चितवनमा मारुनी स्यानक्टुअरी लज, पाेखरामा हिमालयन फ्रन्ट भ्यू होटल र लुम्बिनीमा रहेकाे बुद्धमाया गार्डेनमा बैंकका ग्राहकले छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । काठमाण्डौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखी देशको प्रमुख शहरहरुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.