नेपाल बैंकले १७ प्रतिशत लाभांश दिने, बोनस कति ?

  २०७८ कार्तिक ८ गते १०:२१     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कूल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.