अमेरिकाबाट १ लाख डोज खोप नेपाल आइपुग्यो, अब १८ वर्षमुनिकाले खोप पाउने

  २०७८ कार्तिक ८ गते १०:०८     विकासन्युज

काठमाडौं । अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।

अमेरिकी सरकारले यसअघि पनि नेपाललाई सहयोग स्वरुप गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । सो खोप एक महिनामा२ पटक लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं आइपुगेको फाइजर खोप सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालीकालाई लगाउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले तिहार र छठ पर्व सकिएपछि सो खोप बालबालिकालाई लगाउने सुरु गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.