सर्वोच्चका न्यायाधीशहरुले फुलकोर्ट बैठक बहिस्कार गर्ने

  २०७८ कार्तिक ७ गते १८:३६     विकासन्युज

काठमाडौं । सोमबार बिहान बस्न लागेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बैंठकमा अन्य न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार बिहान ११ बजेका लागि फुलकोर्ट बैठक बोलाएका थिए । तर आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेका हुन ।

प्रधानन्यायाधीशले बोलाएको फूलकोर्टमा नगएर असन्तुष्ट न्यायाधीशबीच सोमबार विहानैदेखि छलफलमा जुट्ने सहमति गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.