न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक परे प्रधानन्यायधीशले पद छोड्नुपर्छः बार

  २०७८ कार्तिक ७ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका छन् ।

आईतवार सर्वोच्च अदालतमा भएको प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरासँगको छलफलमा अध्यक्ष श्रेष्ठले स्वतन्त्र न्यायलयको सुधारका लागि आवश्यक परे आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने बताएका हुन ।

उनले न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र विचौलियालाई रोक्ने प्रशंगमा प्रधानन्यायधीश राणाको राजीनामाको कुरा आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक परे प्रधानन्यायधीशले छोड्नु पर्ने बताए । न्यायालयलाई निष्पक्ष बनाउन बारले आन्दोलन गर्नुपर्न सक्ने बताउँदै उनले कुनै एक व्यक्तिले संस्थालाई मजबुत बनाउन त्याग गर्नु सक्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले न्यायालयमा सुधार गर्न नसके र नेतृत्व लिन नसक्ने हो भने नेतृत्व छोड्न तयार रहनुपर्ने समेत बताए ।

छलफलमा नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश सच्चिनुपर्ने बताए । उनले प्रधानन्याधीशले सरकारमा भाग खोजेर आफन्तलाई मन्त्री नियुक्त गरेको कुरा अस्वीकार गरेकोभन्दै यसका बारेमा सोमवार बस्ने फुलकोर्टमा छलफल गरिने जानकारी दिए । महासचिव पौडेलले प्रधानन्याधीशमाथि नेपाल बार एशोसिएशनले प्रतिवेदन कार्यान्वयनमा रुची नदिएको, कार्यपालिकामा भाग खोजेको, संवैधानिक इजलासका विषयहरुमा उचित ध्यान नदिएको लगायतका कुरा बारले पहिल्यै उठाइसकेको बताए ।

महासचिव पौडेलले पहिलाका खराबीलाई सुधार गर्नको लागि प्रधानन्याधीशलाई सोधेको र प्रधान्यायाधीश राणाले सकारात्मक प्रतिक्रिया दिएको बताए । उनले फुलकोर्टको बैठक सोमवार साढे १ बजेका लागि बोलाइने जानकारी दिँदै बैठकमा अहिले उठेका समसामयिक कुराहरुको छलफल गर्ने बताए ।

उनले प्रधानन्यायाधीशले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले कुनै पहल नगरेको बरु मन्त्री बनाएपछि आफ्नो इज्जत र पदमा आँच आउन लागेकोले मन्त्रीबाट हटाउन माग गरेको धारणा राखेको जानकारी गराए । गजेन्द्र हमाल बि.सं. २०४१ सालमा निधन भएकी आफ्नी श्रीमतीको दाजु भएको तर अहिले आफूले दोस्रो विवाह गरिसकेकोले त्यहाँ आउजाउ नहुने भएको बताउँदै हमाललाई मन्त्री बनाउन आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेको समेत महासचिव पौडेलको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.