चन्द्रागिरिमा प्रसूति अस्पताल निर्माण हुँदै, जर्मन विकास बैंकले लगानी गर्ने

  २०७८ कार्तिक ७ गते १७:१४     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एक अर्ब रुपैयाँको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको एक अर्ब रुपैयाँ बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका-४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो ।

अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ ।

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.