मुक्तिनाथ बैंकले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा सुविधासहित मासिक ब्याज पाइने

  २०७८ कार्तिक ७ गते १६:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो ।

यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा र मासिक ब्याज आर्जन हुने बैंकले जनाएको छ । यससँगै ग्राहकले १० हजार रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । र, याे बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

साथै, पहिलो वर्षको लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाईल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, यो खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई फाइदा पुग्ने बैंकको विश्वास छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.