नेपाल इन्स्योरेन्सको वरिष्ठ डिसीईओमा महर्जन, कामुको जिम्मेवारी पनि सम्हाल्ने

  २०७८ कार्तिक ७ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कार्त्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

नियुक्तिसँगै नवनियुक्त वरिष्ठ डीसीईओ महर्जनले कार्त्तिक ७ गतेदेखि नै कार्यभार सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको उक्त पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्ने छन् ।

यससँगै उनलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समेत तोकिएको इन्स्योरेन्सका कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.