गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

  २०७८ कार्तिक ७ गते ११:०१     विकासन्युज

फाइल फोटो

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-१ गजुरीबजारमा गुडिरहेका बसमा आज(कार्त्तिक ७ गते) बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.