माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन

  २०७८ कार्तिक ७ गते १०:४९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक ७ गते एकैदिन माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२२.०७ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा बैंकको सेयर मूूल्य प्रतिकित्ता ३६४.९० रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको पनि १७ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४१७.७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४८८.८० रुपैयाँमा भएको थियो ।

यससँगै यी दुबै बैंकको पहिलो कारोबार सामायोजित मूल्य बाटै शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.